कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।
कँडेलको पक्षमा २३ मत परेको छ भने विपक्षमा १२ मत परेको हो । एक मत तटस्थ रहेको छ ।
४० जना सांसदमध्ये ३६ जना उपस्थित थिए । कँडेलको पक्षमा नेकपा एमाले १० र नेकपा माओवादी केन्द्रका १३ सांसदले मत हालेका थिए ।
केन्द्रीय गठबन्धनमा भए पनि एकीकृत समाजवादीका १ सांसद भने तटस्थ बसेका थिए ।
प्रकाशित : वैशाख १३, २०८१ १७:३५प्रतिक्रिया