२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अवैध उत्खनन् गर्नेलाई ३ लाख रुपैयाँ जरिवाना

नवीन पौडेल

नवलपरासी पश्चिम — अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले एक व्यक्तिलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । 

अवैध उत्खनन् गर्नेलाई ३ लाख रुपैयाँ जरिवाना

सुनवल-१३ बडेरा खोलामा नगरको अनुमतिबिना नदीजन्य पदार्थको उत्खनन् गरेको अवस्थामा प्रशासनले ३ वटा टिपर नियन्त्रणमा लिएको थियो । प्रशासनले नियन्त्रणमा लिएर नगरपालिकालाई जिम्मा लगाएको टिपरलाई प्रतिटिपर १ लाखका दरले जरिवाना गरेको हो ।

नियन्त्रणमा लिइएका लु २ ख ३८६०, प्र– ०२– ०३००१ ख ६३२७ र प्र–०२–०३००१ख ४६६८ नम्बरका ३ वटा टिपर प्रशानसले नियन्त्रणमा लिएको थियो । टिपर सञ्चालक प्रतापपुर-२ का सतेस हरिजनलाई उक्त जरिवाना गरिएको सुनवल नगरपालिकाले जनाएको छ ।


प्रकाशित : वैशाख २८, २०८१ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?