ब्राउन सुगरसहित एक जना पक्राउ
बर्दिया — प्रहरीले मधुवन नगरपालिका–७ गाउँ नम्बर–५ बाट एक जना ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
प्रहरीले २८ वर्षीय विकास पुनलाई ६ सय १० मिलिग्राम उक्त पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय,बर्दियाका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले बताए ।
पुनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय,ढोढरीमा राखी अनुसन्धान भई रहेको प्रहरी निरीक्षक ठकुरीले जनाए ।
प्रतिक्रिया