२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

रैथानेबाली जोगाउन बिउ प्रदर्शन [तस्बिरहरु]

कान्तिपुर संवाददाता

जुम्ला — पातारासी गाउँपालिकामा रैथानेबाली जोगाउन महिलाहरुले आफैँले उत्पादनका गरेका बिउ प्रदर्शन गरेका छन् । गाउँपालिका क्षेत्रका ११ वटा महिला कृषक समूहहरुले पछिल्लो समयमा आयातीत खाद्यान्नका कारण रैथानेबाली लोप भइरहेको भन्दै बिउ प्रर्दशनी गरेर स्थानीय सरकारको ध्यानाकर्षण गरेका हुन् । प्रदर्शनीमा जौं, गहुँ, मकै, भट्मास, चिनो, कागुनो, मार्सी धान, सिमी, गहत लगायतका तरकारी र फलफुलजन्य बालीहरुको बिउ राखेका थिए । 

जुम्ला पातारासी-६ की चुक्की महताराले मात्रै १७ प्रकारको रैथानेबालीको बिउ प्रदर्शनीमा राखेकी थिइन् । उनले रैथानीबालीको बिउ जोगाउने अभियानमा सन्देश दिने हिसावले आफूहरुले प्रयास गरेको बताइन् । जिल्लाको पहिचानकोरुपमा रहेको मार्सी धान पछिल्लो पटक आयातीत चामलले बिस्थापित गर्दै गरेको र अन्य बालीनालीहरु समेत लोप हुने अवस्थामा पुगेको भन्दै उनीहरुले स्थानीय सरकारको ध्यानाकर्षण समेत गराएका छन् । सामाजिक सेवा अध्ययन केन्द्र ललितपुर, हातेमालो नेपालको आर्थिक सहयोग र पातारासी युवा कृषक सञ्जाल, हातेमालो बहुद्धेशीय सहकारी संस्था र लक्ष्मी सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले रैथाने बालीको बिउ जोगाउने अभियानमा सहयोग गरेका छन् । पातारासी गाउॅपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले रैथानेबाली संरक्षणको लागि पकेट क्षेत्र कार्यक्रम सुरु गरेको बताइन् । अब देखाउनको लागि मात्रै नभएर आफैँ उत्पादन गरेर बजारसम्म लैजान सक्नुपर्ने बताइन् । 

प्रकाशित : वैशाख ७, २०८१ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्