कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

राजधानी बनाउने कि बिगार्ने ?

पाठक पत्र

हाम्रो राजधानीमा करिब ४० लाख मानिस बसेका छन् । यहाँको मुख्य समस्यामध्ये एक हो ट्राफिक जाम । यो समस्या हटाउन वाग्मती, विष्णुमती र धोबीखोलाको करिडर खोल्नु अपरिहार्य हुन्छ ।

तर ती करिडरमा अवैध रूपमा बसेका सुकुम्बासी छन् । उनीहरूलाई हटाएर करिडर खोल्न काठमाडौं महानगरका प्रमुख बालेन शाह लागेका छन् । तर सरकार र पुराना दलका नेताहरूले साथ नदिँदा बालेन सफल हुन सकेका छैनन् । यसैबीच सत्तारूढ एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिनासोचविचार राजधानीको सुकुम्बासी हटाउने कुरा ठीक होइन भने । बालेनले गरेको काममा पनि उनले आपत्ति जनाए । यो कस्तो गैरजिम्मेबार बोली हो ? सुकुम्बासीलाई उचाल्ने कि उनीहरूलाई सम्झाएर, बुझाएर करिडर खोल्न मद्दत गर्ने ?
करिब ६ महिनाअघि वाग्मती करिडरको सिनामंगल छेउमा रहेको अवैध सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरका प्रमुख बालेन शाहले डोजर, लोडरसहित ठूलो संख्यामा नगर प्रहरी पठाए । नगर प्रहरी पुग्नुअघि नै सुकुम्बासीले यो कुरा थाहा पाइसकेका थिए । उनीहरू त्यसको प्रतिकार गर्न अघि सरे । महानगरले तत्काल प्रहरी प्रशासनको सहयोग माग्यो तर तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी परिचालन हुन दिएनन् । प्रहरी प्रशासनको सहयोग नपाउँदा उल्टो नगर प्रहरी खेदिनु पर्‍यो । राज्य संयन्त्र तमासा मात्र हेरेर बस्यो । अवैध बस्तीका कारण स्थानीय सरकार लाचार भएर बस्नु जस्तो विडम्बना अरू के होला ? के सधैं यही तालमा राजधानीलाई राखिरहने ? वाग्मती करिडर कहिल्यै नखोल्ने ? राजधानीमा ट्राफिक जाम सधैं भइरहन दिने ?

गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

प्रकाशित : वैशाख २३, २०८१ ०५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?