२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

ओलीको राजनीतिक प्रतिवेदन : गत निर्वाचनमा पपुलिस्टको उदय र दक्षिपन्थीको शक्तिविस्तार विवेचनीय

ओलीद्वारा रास्वपालाई प्रियतावादी र कांग्रेसलाई परम्परावादी दक्षिपन्थी शक्तिको संज्ञा

काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र कांग्रेसको शक्ति विस्तारलाई विवेचनायोग्य घटना भएको बताएका छन् ।

ओलीको राजनीतिक प्रतिवेदन : गत निर्वाचनमा पपुलिस्टको उदय र दक्षिपन्थीको शक्तिविस्तार विवेचनीय

शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रियतावादी शक्तिका रुपमा र कांग्रेसलाई परम्परावादी दक्षिणपन्थी शक्तिका रूपमा चर्चा गरेका छन् ।

दुवै पार्टीको गत निर्वाचनमा भएको उदय र शक्ति बिस्तार नयाँ र विवेचनाको विषय भएको अध्यक्ष ओलीको भनाइ छ । निर्वाचन परिणामकै कारण आज मुलुकले ठूलो मूल्य चुकाउनु परेको उल्लेख गर्दै राष्ट्र र जनताको पक्षमा काम गर्न एमालेले सकारात्मक शक्तिहरुलाई साथमा लिएर अघि बढ्न जरुरी रहेको ओलीको भनाइ छ ।

'निर्वाचनमा प्रियतावादी अथवा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटनाका रुपमा रहेका छन् । यस बीचमा बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यवसायिक क्षेत्रमा संकट उत्पन्न र रोजगारीका क्षेत्र साँघुरिँदै गरेको अवस्था एवं सुशासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको छ,'ओलीले भनेका छन् । जनतामा देखिएको असन्तुष्टिलाई एकातिर पपुलिज्म र अर्कोतिर दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको देखिन्छ ।

'उनीहरूले यस्ता समस्यालाई उजागर र उपयोग गर्न त सक्छन् । तर उनीहरुसँग यसको समाधान भने छैन,' अध्यक्ष ओलीले भनेका छन् । लोकतान्त्रिक गणतन्त्रको विकल्प कुनै पनि खालको निरंकुशता हुनै नसक्ने पनि उनको भनाइ छ ।

प्रकाशित : वैशाख ८, २०८१ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?