१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

थाई एयरबाट आएकी भारतीय महिलाबाट ८५० ग्राम सुन बरामद

काठमाडौँ — थाई एयरको उडानमा बैंककबाट आएकी एक भारतीय महिलाबाट प्रहरीले अन्दाजी ८ सय ५० ग्राम सुन बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेलका अनुसार, कालो टेपले बेरेर ल्याइएको सुन अध्यागनतर्फ ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको थियो ।

थाई एयरबाट आएकी भारतीय महिलाबाट ८५० ग्राम सुन बरामद

साहिना परविन नामकी ती भारतीय महिलाले कट्टुभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले आगमन टनेल गेटमा प्रक्राउ गरिएको एसएसपी पोखरेलले बताए । प्रहरीले यी महिलालाई पेशेवर सुन तस्करमा संलग्न भएको आशंका गरेको छ । उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : वैशाख ७, २०८१ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?