१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

७७ वटै जिल्लामा विपद्को पूर्वतयारी गर्न सरकारको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले ७७ वटै जिल्लामा विपद्को पूर्वतयारी गर्न निर्देशन दिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विपद् जुनसुकै बेला पनि आउन सक्ने भएकाले ७७ वटै जिल्लामा त्यसको आधारभूत पूर्वतयारी गरिराख्न निर्देशन दिएको हो ।

७७ वटै जिल्लामा विपद्को पूर्वतयारी गर्न सरकारको निर्देशन

बैठकपछि बसेको विपद् जोखिम न्यूनिकरण तथा राष्ट्रिय व्यवस्थापन परिषद्को बैठकले देशैभरि विपद् व्यवस्थापनको अवस्थाबारे समीक्षा गर्दै ७७ वटै जिल्लामा विपद् व्यवस्थापन समितिहरुमार्फत् अत्यावश्यक पूर्वतयारी गर्न निर्देशन दिएको हो ।

'देशभरि नै जुनसुकै बेला विपद् आउन सक्ने जोखिम रहेको यथार्थलाई मध्यनजर गर्दै ७७ वटै जिल्लामा विपद्को पूर्वतयारी गर्ने र अत्यावश्यक पूर्वतयारीकालागि आवश्यक व्यवस्था गर्ने भन्ने निर्णय भएको छ,' एक मन्त्रीले भने ।

ती मन्त्रीका अनुसार विपद्पछि प्राथमिक उपचार, बास र सुरक्षाको तयारी गरेर बस्न निर्देशन दिइएको हो ।

प्रकाशित : कार्तिक १९, २०८० १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?