कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गृहका ४० उपसचिवको सरूवा र पदस्थापन, ११ जिल्लाका सीडीओ फेरिए

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयले एकैपटक ४० जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । जसअन्तर्गत ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले बिहीबार एकैपटक ४० जना उपसचिवहरूको सरुवा र पदस्थापन गरेको हो ।

गृहका ४० उपसचिवको सरूवा र पदस्थापन, ११ जिल्लाका सीडीओ फेरिए

मन्त्रालयले १५ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूको फेरबदल गरेको छ ।

मन्त्रालयले अध्यागमन विभागका निर्देशक खिमराज भुसाललाई सरुवा गरेर दैलेखको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने मन्त्रालयमै कार्यरत उपसचिव वेदनिधि खनाललाई रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकेको छ ।

बझाङमा विश्वामित्र कुइकेल, मुगुमा टोपेन्द्रबहादुर केसी, कालिकोटमा गणेश नेपाली, हुम्लामा विनोद पोखरेल, मनाङमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्णप्रसाद शर्मा, सोलुखुम्बुमा देवी पाण्डे खत्री र डोल्पामा तुलसीप्रसाद दाहाललाई प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

मन्त्रालयले बैतडी, सुनसरी, सल्यान, बाँके, सुर्खेत, नुवाकोट, गोरखा, काठमाडौं, तनहुँ, उदयपुर, धनुषा, सिन्धुली, नवलपरासी पूर्व, रौतहट र धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी फेरेको छ ।

प्रकाशित : कार्तिक १६, २०८० १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×