कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

एमालेले सरकारबाहिर बस्नै नसक्ने मानसिकता राख्यो : अर्थमन्त्री महत

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध गरेर सरकारबाहिर बस्नै नसक्ने मानसिकता राखेको टिप्पणी गरेका छन् । बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्तासमेत रहेका अर्थमन्त्री महतले समय–समयमा अनावश्यक बहानामा संसद् अवरुद्ध गर्दै सरकारबाहिर बस्न नसक्ने मानसिकता एमालेले देखाउनु राम्रो नभएको बताए ।

एमालेले सरकारबाहिर बस्नै नसक्ने मानसिकता राख्यो : अर्थमन्त्री महत

संसद् भनेको समसामयिक विषयमा सघन रूपमा छलफल गर्ने,ऐन कानुनहरु बनाउने थलो भए पनि त्यस्तो बन्न एमालेले नदिएको उनले बताए । सरकारले संघीयताको मर्मअनुसार ऐन कानुन बनाउने संसद्मा विधेयक प्रस्ताव गर्ने तयारीमा भए पनि एमालेले संसद् अवरुद्ध गर्दा नसकिएको उनको भनाइ छ ।

‘संसद् भनेको जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरूले समसामयिक विषयमा गहन रूपमा छलफल गर्ने थलो हो । ऐन,कानुनहरू बनाउने थलो हो । कतिपय ऐनहरू सरकारले संघीय संरचनाअनुसार परिमार्जित गर्नुपर्ने छ । संघीय व्यवस्थालाई बलियो बनाउँछौं । धेरै कानुनी विधेयकहरू संसदमा प्रस्ताव तयारीमा सरकार लागेको छ । तर प्रतिपक्ष एमालेले संसद्मा छलफल गर्न दिएन । हरेक पटक केही न केही बहानामा संसदलाई बन्दी बनाइराखियो भने यी कुराहरू अगाडि बढ्दैनन्, अर्थमन्त्री महतले भने ।

कांग्रेस प्रतिपक्षमा बस्दा कहिल्यै पनि संसद् अवरुद्ध गर्ने काम नगरेको अर्थमन्त्रीको भनाइ छ । 'नेपाली कांग्रेस जब विपक्षमा थियो । कहिल्यै पनि अनावश्यक रूपमा संसद्लाई अवरुद्ध गर्ने काम गरेनौं । जे कुरा हो संसद्भित्रै राख्ने हो । संसदभित्रै वहस गरेर निष्कर्ष निकाल्ने हो । नेकपा एमालेलाई के आग्रह गर्न चाहन्छौं भने सहज रूपमा सरकार बन्ने बनाउने कुरा संसद्को सर्वाधिकार हो । सांसदहरूले जसलाई बहुमतले सरकार बनाउँछ त्यसलाई सहज रूपमा स्वीकार गर्नुपर्छ । सरकारमा नहुनेबित्तिकै त्यसलाई असहज बनाउने र सरकारभन्दा बाहिर बस्न सकिँदैन भन्ने मानसिकता राम्रो भएन ।'

प्रकाशित : श्रावण ३२, २०८० १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?