बजारमा सामसङको ग्यालेक्सी एम १४ एलटीई
काठमाडौँ — स्मार्टफोन ब्रान्ड सामसङले ग्यालेक्सी एम १४ एलटीई सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविधासहितको स्मार्टफोन सार्वजनिक गरिएको हो ।
ग्यालेक्सी एम १४ एलटीईले उत्कृष्ट स्पष्टताका साथ असाधारण कम प्रकाशको फोटोग्राफीका लागि एफ १.८ लेन्ससहितको शक्तिशाली ५० एमपी ट्रिपल क्यामरा सेट अप प्रदान गरेको छ । यो फोनमा १३ एमपी फ्रन्ट क्यामरा छ । ५००० एमएएच ब्याट्री र २५ डब्ल्यू द्रुत चार्जिङ छ । ग्यालेक्सी एम १४ एलटीईले तपाईंलाई रिचार्जबिना नै घण्टौंसम्म पावर अप राख्ने बताइएको छ ।
सामसङका अनुसार ग्यालेक्सी एम १४ एलटीई नीलो र गाढा नीलो रङमा पाइनेछ । यो ४/६४ जीबीको संस्करणका लागि १६ हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्नेछ । साथै ६/१२८ जीबीका लागि २१ हजार ९ सय ९९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यो मोडल १८ मे २०२४ बाट देशभरका सबै रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ ।
प्रकाशित : वैशाख ८, २०८१ ०७:२५