२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

३ सय २७ जनाको मोतियाविन्दुको शल्यक्रिया

नवीन पौडेल

(नवलपुर) — पूर्वी नवलपरासीको ग्रामीण भेगका मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया भएको छ । रोटरी क्लब अफ कावासोती र तिलगंगा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा आयोजित आँखा परिक्षण र शल्यक्रियामा शिविरमा ३ सय २७ जनाको शल्यक्रिया भएको हो । 

३ सय २७ जनाको मोतियाविन्दुको शल्यक्रिया

तीन दिन चलेको निःशुल्क शल्यक्रिया शिविरमा जिल्लाको हुप्सेकोट गाउँपालिका, मध्यविन्दु नगरपालिका र कावासोती नगरपालिकाका ग्रामीण भेगमा भेटीएका मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरीएको हो । ग्रामीण भेगमा आँखाको रोगको समस्या बढ्दै गएको र उपचारका लागि आर्थिक अभाव हुने भएपछि रोटरी क्लवले गाउँगाउँमा निःशुल्क शिविर आयोजना गर्दै आएको छ ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १५, प्रसौनीमा एकै वडामा १ सय ८ जना मोतियाविन्दुको बिरामी फेला परेका थिए । शिविरमा आएका ४ सय ९८ मध्य १ सय ८ जनामा मोतियाविन्दु भेटिएको र निःशुल्क शल्यक्रिया गरिएको रोटरी क्लब अफ कावासोतीका अध्यक्ष हरीहर अधिकारीले बताए ।

गाउँमा नै आएर निःशुल्क आखां परिक्षण र शल्यक्रिया सेवा पाउदां स्थानीय हर्षित भएका थिए । बुढ्यौली लागेर आँखा नदेखिएको भन्ने भ्रम र आर्थिक अभावले समयमा नै आँखा जाँच नगर्दा समस्या बढ्ने गरेको नेत्र अधिकृत प्रदीप भट्टराईले बताए ।


प्रकाशित : मंसिर १३, २०८० १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?