२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

मन्त्रिपरिषद् बैठक : जोशी र ढकाल एआईजीमा बढुवा

काठमाडौँ — सरकारले प्रहरी नायव महानिरीक्षक(डीआईजी)हरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ ।

मन्त्रिपरिषद् बैठक : जोशी र ढकाल एआईजीमा बढुवा

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई एआईजी पदमा बढुवा गरी पदस्थापना गर्ने निर्णय गरेको हो ।

सरकारले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजेता तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृत दिने निर्णय गरेको पनि बताइन् ।

सरकारले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे प्रस्तुत गर्ने निर्णय गरेको पनि बताइन् ।

यस्तै समाजकल्याण परिषद्को उपाध्यक्ष पदमा नन्दलाल माझी (सुनसरी)लाई मनोनयन गरिएको छ भने भाषा आयोगको सदस्यमा सुरेश मानन्धर (काठमाडौं)लाई नियुक्त गरिएको छ ।

प्रकाशित : वैशाख २७, २०८१ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?