२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

नेपाल–बंगलादेश आर्ट फेस्टिभल अर्को साता

काठमाडौँ — नेपालस्थित बंगलादेश दूतावासले आर्ट बंगला फाउन्डेसन ढाका र सिद्धार्थ आर्ट ग्यालेरी काठमाडौंको सहकार्यमा आर्ट फेस्टिभल गर्ने भएको छ । फेस्टिभल मे ६ देखि १० सम्म काठमाडौंमा हुनेछ ।

‘फ्रम माउन्टेन्स टु द डेल्टा’ को नारासहित आयोजना हुने फेस्टिभलमा नेपालका ४ र बंगलादेशका ६ कलाकारले सहभागिता जनाउने छन् । नेपालस्थित बंगलादेशी दूतावासले दुई मुलुकबीच सामाजिक, संस्कृति र सभ्यताको अद्वितीय सम्बन्ध रहेको उल्लेख गर्दै फेस्टिभलले त्यसलाई फरक उचाइमा पुर्‍याउने जनाएको छ । साथै, फेस्टिभलका दौरान सांगीतिक कार्यक्रम तथा नेपाली र बंगला नयाँ वर्षको समेत स्वागत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : वैशाख १९, २०८१ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?