काठमाडौँ — सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्रान्ड टफिचोअन्तर्गत नयाँ टफी ‘तड्का इमली’ बजारमा ल्याएको छ । यसमा इमलीको स्वादका साथै चाट मसलाको उत्कृष्ट सम्मिश्रण रहेको कम्पनीले जनाएको छ ।
टफिचो तड्का इमली पाँच रुपैयाँमा दुई वटा पाइने कम्पनीको भनाइ छ । यसको नौलो स्वादले ग्राहकको मन जित्न सफल हुने कम्पनीको दाबी छ । टफिचो तड्का आँप र लिचीको स्वादमा उपलब्ध छ । इमलीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ ।