१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

कंगो डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो

रासस/सिन्ह्वा

किन्सासा — उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वेटर प्रान्तमा चार दिनअघि झन्डै ३ सय यात्रु बोकेको डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

कंगो डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो

यातायातमन्त्री मार्क एकिलाले सोमबार जनाएअनुसार कंगो नदीमा शुक्रबार राति भएको जहाज दुर्घटनामा कम्तीमा ४७ जनाको ज्यान गएको छ भने एक जना अज्ञात छन् । यात्रुको अत्यधिक चापका कारण सो दुर्घटना भएको बताइएको छ ।

आइतबार जारी गरिएको भिडियो रिपोर्टमा प्रान्तका डेपुटी गभर्नर टेलर एनगान्जीले २८ वटा शव फेला परेको र पीडितका आफन्तहरूले २ सय ६१ जना बेपत्ता भएको उल्लेख गरेका छन् । घटनास्थलमा पुगेका डेपुटी गभर्नरले दोषीलाई कडा कारबाही गरिने बताएका छन् ।

प्रान्तीय अधिकारीहरूका अनुसार उक्त डुंगा शुक्रबार अबेर कंगो नदीमा रहेको प्रान्तको बन्दरगाह सहर एमबन्दकाबाट ३ सय किलोमिटर टाढा रहेको बोलोम्बाका लागि छुटेको थियो । यात्रुहरूको संख्या यकिन हुन सकेको छैन ।

प्रकाशित : कार्तिक १, २०८० ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?