२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

इन्डोनेसियामा आसियान शिखर सम्मेलन

रासस/सिन्ह्‍वा

जकार्ता — दक्षिणपूर्वी एसियाली क्षेत्रलाई आर्थिक वृद्धिको केन्द्रविन्दुका रूपमा स्थापित गर्ने उद्देश्यका साथ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) को ४३औं शिखर सम्मेलन मंगलबार जकार्तामा सुरु भएको छ ।

इन्डोनेसियामा आसियान शिखर सम्मेलन

सम्मेलनको उद्घाटन गर्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आसियानलाई एकताबद्ध रहन र कुनै पनि शक्तिका पछाडि नलाग्न आग्रह गरे । आसियान अध्यक्ष उनले सदस्य मुलुकमा एकअर्काको अहित हुने तथा आफ्नो भूमिलाई प्रतिद्वन्द्वीको अखडा नबनाउन आग्रह गर्दै स्थिर, समृद्ध एवं शान्त आसियान निर्माणमा योगदान गर्न आह्वान गरेका हुन् ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले समुदाय र संस्थाका रूपमा आसियानको भविष्यको खाका तयार गर्ने, संगठनलाई अझ गतिशील तुल्याउने तथा क्षेत्रीय आर्थिक वृद्धिका विषयलाई केन्द्रमा राखेर छलफल गर्ने अपेक्षा गरिएको छ ।

ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मा, फिलिपिन्स, सिंगापुर, थाइल्यान्ड र भियतनाम सदस्य रहेको आसियान शिखर बैठकमा म्यान्मा संकटलाई लिएर चिन्ता व्यक्त भएको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ ।

प्रकाशित : भाद्र २०, २०८० ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?