१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

सुडानमा हवाई आक्रमणमा २० को मृत्यु

रासस/सिन्ह्वा

खार्तुम — सुडानको दक्षिणी क्षेत्रमा हवाई आक्रमणमा परी दुई बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको छ । हवाई आक्रमणमा परी उनीहरूको मृत्यु भएको केही घण्टापछि खार्तुमका बासिन्दा आइतबार बिहान त्रासका साथ उठेको सुडानी अधिकारकर्मीले बताएका छन् ।

सुडानमा हवाई आक्रमणमा २० को मृत्यु

स्वयंसेवक समूहका अनुसार बम विस्फोटमा शवहरू गम्भीर रूपमा जलेका वा टुक्रा–टुक्रा भएका कारण मृत्यु भएकाहरूको परिचय खुल्न सकेको छैन । अप्रिल १५ मा सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच युद्ध सुरु भएयता यहाँ करिब ५ हजार व्यक्तिको मृत्यु भइसकेको सशस्त्र द्वन्द्वस्थल र घटनाको तथ्यांक संकलन कार्यक्रमले जनाएको छ । सेनाले नियमित हवाई आक्रमण गरिरहेको छ भने आरएसएफ लडाकुहरूले राजधानीका सडकमा कब्जा जमाएका छन् ।

सुडानका ४ करोड ८० लाख जनसंख्यामध्ये आधाभन्दा बढीलाई मानवीय सहायता र सुरक्षाको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । यस्तै, ६० लाख व्यक्ति भोकमरीको जोखिममा रहेको राष्ट्रसंघको तथ्यांक छ । यस्तै, युद्धका कारण करिब ३८ लाख व्यक्ति आन्तरिक रूपमा विस्थापित भएका छन् भने अन्य १० लाख सीमा पार गरेर छिमेकी मुलुकतर्फ प्रवेश गरेका छन् । ‘इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन’ का अनुसार विस्थापितमध्ये खार्तुमका करिब २८ लाख छन् । यो राजधानीको युद्धपूर्वको करिब ५० लाख जनसंख्याको आधाभन्दा बढी हो ।

प्रकाशित : भाद्र १८, २०८० ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?