१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०२

बंगलादेशमा डेंगीबाट मृत्यु हुनेको संख्या ४०० नाघ्यो

रासस/सिन्ह्वा

ढाका — बंगलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेंगीका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेंगी सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

बंगलादेशमा डेंगीबाट मृत्यु हुनेको संख्या ४०० नाघ्यो

स्वास्थ्य मन्त्रालयअन्तर्गतको महानिर्देशनालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा दैनिक दुई हजार ९ सय ५ जनामा डेंगीको सङ्क्रमण देखिएको र जनवरीयता डेंगीका सङ्क्रमितको संख्या ८५ हजार ४ सय ११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अस्पताल र क्लिनिकबाट थप २ हजार ९ सय ९१ जना निको भएर घर फर्केपछि निको हुनेको संख्या ७५ हजार २ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस वर्षको अगस्टमा १ सय ४७, जुलाईमा २ सय ४ र जुनमा ३४ जनाको मृत्यु भएको छ । गत महिना ४३ हजार ८ सय ५४ जनामा लामखुट्टेको टोकाइबाट डेंगीको सङ्क्रमण देखिएपछि अगस्टको पहिलो १३ दिनमा थप ३३ हजार ५ सय ७९ जनामा डेंगीको सङ्क्रमण देखिएको छ । एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग डेंगी ज्वरो आउँदा टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, बान्ता हुने र चिलाउने जस्ता लक्षण देखा पर्छन् ।

एडिस मूलतः उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रमा पाइने लामखुट्टेको प्रजाति हो । तर यो प्रजाति अहिले अन्टार्कटिकाबाहेक सबै महादेशमा फैलिएको पाइन्छ ।

प्रकाशित : श्रावण ३०, २०८० ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?