१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीमा काकर नियुक्त

रासस/सिन्ह्वा

इस्लामाबाद — पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले शनिबार सांसद अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति अल्वीले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) अनुसार स्वीकृति दिएका हुन् ।

पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीमा काकर नियुक्त

यसअघि पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफले विपक्षी दलका नेता राजा रियाजसँग विस्तृत परामर्श गरेपछि उनको नाम राष्ट्रपतिसमक्ष पठाएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।काकर सन् २०१८ मार्चदेखि सांसद छन् । उनी सन् २०१८ को पाकिस्तानी संसद चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट संसदीय सदस्यका लागि स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित भएका थिए । पाकिस्तानमा नयाँ निर्वाचनका लागि राष्ट्रपति अल्वीले बुधबार मध्यराति संसद् विघटन गरेका थिए ।

संसद् विघटनसँगै मन्त्रिमण्डल पनि भंग भएको थियो । पाकिस्तानमा संसद् विघटनको तीन दिनभित्र कामचलाउ प्रधानमन्त्रीको नियुक्त गर्ने संवैधानिक प्रावधानअनुसार काकरलाई चयन गरिएको हो । नयाँ सरकारलाई चुनाव गराउन ९० दिनको अवधि प्राप्त हुनेछ ।


प्रकाशित : श्रावण २८, २०८० ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?