नेकपा अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी विकासतर्फ लैजाने ऐतिहासिक पहलकदमीमाथि प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार भएको बताएका छन् । ...
गौशालास्थित धर्मशालाको सानो कोठा । कोठाभित्रको एउटै खाटमा आराम गर्दै थिए दिनभरको आन्दोलनले लखतरान उखु किसान । त्यही समूहमा पातलो ब्ल्याङ्केट ओढेर ढल्केका थिए उनी । साथीहरुले आन्दोलनका कुरा गर्दा आफ्नो कान उनीहरुकै नजिक पुर्याएर सुन्ने प्रयास गर्थे । दाहिने कान नसुन्ने भएकाले होला उनीसँग बोल्दा साथीहरु अलि ठूलै स्वरमा बोल्थे ।
करिब दुई वर्षअघि नेपाल उखु उत्पादक किसान संघ, नेपाल उखु उत्पादक महासंघ र किसान हकहित समितिले उखु किसानले भुक्तानीको माग्दै संयुक्त आन्दोलन गर्ने चेतावनी दिए । चेतावनीलगत्तै तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उखु मिल सञ्चालकलाई पक्राउ गर्ने जनाए । करिब आधा दर्जन उद्योगीमध्ये अन्नपूर्ण सुगर मिलका राकेश अग्रवाल मात्रै पक्राउमा परे ।
आफ्ना समस्याप्रति चिनी उद्योगीहरूको व्यवहार मात्र होइन, सरकारको रवैया पनि सधैं चिसो मात्रै भइरहेपछि मधेसका उखु किसानहरू चढ्दो ठिहीको समेत पर्वाह नगरी फेरि काठमाडौं उक्लिएका छन् । उनीहरूले व्यापारीसित पेस्की खोजेका होइनन्, सरकारसित अतिरिक्त अनुदान पनि मागेका छैनन् ।
उखुको भुक्तानी माग्दै सोमबार पनि किसानहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा उखु किसानहरुले गत वर्ष पुस १८ गते सरकारसँग भएको सम्झौता पालना हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएकाे भन्दै सर्लाहीका उखु किसानहरुले प्रदर्शन गरेका छन् । बक्याैता रकम तिर्ने भनेर चिनी मिलले सरकारसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै किसानहरूले आइतबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।