२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

आईपीएल २०२४ : मुम्बई लयमा फर्कँदै

एजेन्सी

मुलानपुर — लयमा फर्कने प्रयासमा रहेको मुम्बईले बिहीबार आईपीएल २०२४ मा पञ्जाव किंग्सलाई नौ रनले पराजित गरेको छ । यो जितपछि मुम्बईको सात खेलबाट छ अंक भएको छ र सातौं स्थानमा उक्लेको छ । अब उसले शीर्ष चारका लागि प्रयास गर्न सक्नेछ ।

आईपीएल २०२४ : मुम्बई लयमा फर्कँदै

पञ्जाव भने चार अंकमा नवौं स्थानमा छ । मुम्बईले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ९२ रन बनाएको थियो । त्यसमा सूर्यकुमार यादवले सर्वाधिक ७८ रन बनाए । जवाफमा पञ्जावले १९.१ ओभरमा अलआउट हुन अगाडि १ सय ८३ रन मात्रै बनाउन सक्यो ।

इनिङ्सको अन्त्यतिर आशुतोष शर्माले २८ बलमा ६१ रन बनाए पनि त्यो निर्णायक हुन सकेन । मुम्बईका लागि जसप्रित बुमराहले २१ रनमा तीन विकेट लिए र ‘प्लेयर अफ द म्याच’ रहे ।

प्रकाशित : वैशाख ७, २०८१ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?