२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

आईपीएल २०२४ : कीर्तिमानी स्कोरसँगै हैदरवाद विजयी

एजेन्सी

बेंगलुरु — सनराइज हैदरावादले ३ विकेटको क्षतिमा २ सय ८७ रन बनाउँदै सोमबार आईपीएल २०२४ मा अहिलेसम्मकै कीर्तिमान उच्च स्कोरको कीर्तिमान बनाएको छ । यसक्रममा रोयल च्यालेन्जर्स बेंगलुरुलाई २५ रनले पराजित गरेको छ ।

आईपीएल २०२४ : कीर्तिमानी स्कोरसँगै हैदरवाद विजयी

हैदरावादको जितमा ओपनर ट्रेभिड हेडले शतक बनाए । पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले एक महिना अगाडि आफैंले बनाएको २ सय ७७ रनको स्कोरलाई उछिनेको थियो । हेडले ४१ बलमा १ सय २ रन बनाए ।

यस्तै हेनरिच क्लासेनले पनि आक्रामक ६७ रन बाए । पूरा खेलमै कुल ५ सय ४९ रन बन्यो र यो पनि कीर्तिमान रह्यो । बेंगलुरुले विराट कोहलीको ४२, फाफ डे फ्लेसिस र दिनेश कार्तिकको ३५ बलमा ८३ रनको मदतले सात विकेटमा २ सय ६२ रन बनायो ।

प्रकाशित : वैशाख ४, २०८१ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?