कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

जीतपुर सिमरा गोल्डकप : एपीएफ सेमिफाइनलमा

लक्ष्मी साह

बारा — सिमरा रंगशालामा जारी जगदम्बा स्टिल १४औं जीतपुरसिमरा गोल्डकप प्रतियोतिाअन्तर्गत तेस्रो दिन सोमवार भएको प्रतिस्पर्धात्मक खेलमा सशस्त्र प्रहरी (एपीएफ क्लब) अन्तिम चारमा प्रवेश गरको छ । 

जीतपुर सिमरा गोल्डकप : एपीएफ सेमिफाइनलमा

फ्लड लाइटमा राति भएको दोस्रो क्वाटर फाइनलमा मकवानपुर ११ हेटौंडालाई २–० गोल अन्तरले हराउँदै एपीएफले अन्तिम चारमा प्रवेश गर्दै जीतको लागि यात्रा तय गरेको हो । एपीएफको जितमा विके तामाङ र प्रदिप लामाले एक–एक गोल गर्दै मकवानपुर ११ लाई हराउँदै आफ्नो टिमलाई सेमिफाइनलमा प्रवेश गराएका हुन् ।

हेटौंडाविरुद्ध सुरुदेखि नै आक्रामक खेल खेलेको एपीएफका लागि खेलको ३०औं मिनटमा विके तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । विश्वास उदासको क्रस बल सम्हाल्दै हेटौंडाका डिफेण्डर बिट गर्न सफल बिकेले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत हुन पुगेको थियो ।

पहिलो हाफ आफ्नो पक्षमा पार्न सफल एपीएफले खेलको ६८औं मिनेटमा अग्रता दोब्बर बनाउन सफल भएको थियो । एपीएफका प्रदिप लामाले गोल गर्दै टिमको अग्रता दोब्बर पार्न मद्दत गरेका थिए । सुमन श्रेष्ठले प्रहार गरेको कर्नर बललाई डिबक्सभित्र सम्हाल्दै लामाले आकर्षक गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफमा एपिएएफविरुद्ध केही राम्रा अवसर बनाएर पनि फिनिसिङमा चुक्दा हेटौंडाको टोली प्रतियोगिताबाट बाहिरिन बाध्य भएको थियो । एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले हेटौंडाका उत्कृष्ट प्रहारहरु विफल तुल्याएका थिए ।

खेलको म्यान अफ दी म्याच एपीएफका गोलरक्षक एन्जल श्रेष्ठ भए । उनले १० हजार नगद पुरस्कारसहित ट्रफी प्राप्त गरेका थिए । म्यान अफ दी म्याच श्रेष्ठलाई आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत राजकुमार खतिवडा र शुभारम्भ कलेज अफ म्यानेज्मेन्टका अध्यक्ष लालप्रसाद पुडासैनीले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताअन्तर्गत मंगलबार दुई ‘ए’ डिभिजन टोली त्रिभूवन आर्मी र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । वीरगन्जलाई हराउँदै क्वाटर फाइनल यात्रा तय गरेको आर्मीविरुद्ध विराट गोल्डकपको उपाधिका साथ लिएर विराटनगरबाट सिमरा आएको मच्छिन्द्र क्लब सिधैं सेमी फाइनल प्रवेशका लागि खेल्नेछ ।

प्रकाशित : चैत्र २६, २०८० २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?