१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

नेपाली खेलाडीमा देखिएको उत्साह [तस्बिरहरु]

काठमाडौँ — कप्तान रोहित पौडेलले जादुमयी बलिङ गरेपछि नेपालले उत्कृष्ट पुनरागमन गर्दै क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ७ रनको जित हात पारेको छ । यससँगै नेपालले तीन खेलको शृंखलामा अग्रता लिएको छ ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपाल निर्धारित ५० ओभर पूरा खेली २ सय २४ रनमा अलआउट भएको थियो ।

नेपाली खेलाडीमा देखिएको उत्साह [तस्बिरहरु]
नेपाली खेलाडीमा देखिएको उत्साह [तस्बिरहरु]

प्रगत सिंह र निकोलस कीर्तनले अर्धशतक प्रहार गरे पनि क्यानडा ४७.५ ओभरमा २ सय १७ रनमा अलआउट भयो ।प्रगत र कीर्तनले तेस्रो विकेटमा ७९ रनको ठोस साझेदारी गरी क्यानडालाई विजयतर्फ लम्काएका थिए । प्रगतले ५८ बल खेली ९ चौका प्रहार गर्दै ५० रन बनाए । नेपालका कप्तान रोहित पौडेलले उनलाई लङ अफमा ललित राजवंशीको हातबाट क्याच गराए । पवन सर्राफको बलमा बोल्ड हुनुपूर्व कीर्तनले ९९ बल खेली ७ चौका प्रहार गर्दै ६८ रन बनाए ।

नेपाली खेलाडीमा देखिएको उत्साह [तस्बिरहरु]

नेपाली खेलाडीमा देखिएको उत्साह [तस्बिरहरु]

हर्ष ठाकुरले ३२ रनको उपयोगी इनिङ्स खेले । उनले ४३ बल खेली ३ चौका प्रहार गरे । यसपछि रोहितले जादुमयी बलिङ गर्दै नेपाललाई असम्भव जस्तै स्थितिबाट विजय दिलाए । यसअघि ५४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा कुनै विकेट नलिएका रोहितले ४ विकेट लिँदै नेपालको विजयमा नायक बने ।

नेपाली खेलाडीमा देखिएको उत्साह [तस्बिरहरु]

नेपाली खेलाडीमा देखिएको उत्साह [तस्बिरहरु]

नेपाली खेलाडीमा देखिएको उत्साह [तस्बिरहरु]

नेपाली खेलाडीमा देखिएको उत्साह [तस्बिरहरु]

नेपाली खेलाडीमा देखिएको उत्साह [तस्बिरहरु]

नेपाली खेलाडीमा देखिएको उत्साह [तस्बिरहरु]

नेपाली खेलाडीमा देखिएको उत्साह [तस्बिरहरु]

प्रकाशित : माघ २५, २०८० १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?