२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

शब्द, तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

शब्द, तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुरका लेखहरु :

निगमको उडान रद्द भएपछि काठमाडौं विमानस्थलमा अलपत्र यात्रुहरु [तस्बिरहरु]

नेपाल वायु सेवा निगमका दुई न्यारोबडीमध्ये ‘सगरमाथा’ नामको जहाजको हाइड्रोलिक मर्मत गर्नुपर्ने भएकाले मंगलबारदेखी काठमाडौंमा ग्राउन्डेड गरिएको छ । नारिता, क्वालालमपुर, बैंकक, हङकङ, बैङलुरु, मुम्बई, दिल्ली, दोहा, दुबई र दमाममा निगगमका दैनिक उडान नभएपनि साताको आधारमा हुने उडानको चाप न्यारोबडीमध्ये ‘लुम्बिनी’ जहाजमा आइपरेको छ ।

हिलाम्ये मैदानमा चर्च ब्वाइज स्तब्ध [तस्बिरहरू]

भुटानको पारो एफसीले नेपाली लिग च्याम्पियन चर्च ब्वाइजलाई मंगलबार २–१ ले पराजित गर्दै एएफसी च्यालेन्ज कपको समूह चरणमा प्रवेश गरेको छ । दशरथ रंगशालामा प्राप्त पुनरागमन जितपछि पारो सिधै मूल प्रतियोगितामा प्रवेश गर्न सफल भएको हो ।

नेपाली खेलाडीमा देखिएको उत्साह [तस्बिरहरु]

कप्तान रोहित पौडेलले जादुमयी बलिङ गरेपछि नेपालले उत्कृष्ट पुनरागमन गर्दै क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ७ रनको जित हात पारेको छ । यससँगै नेपालले तीन खेलको शृंखलामा अग्रता लिएको छ ।टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपाल निर्धारित ५० ओभर पूरा खेली २ सय २४ रनमा अलआउट भएको थियो ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : सुदूरपश्चिममाथि एपीएफको हाबी

साबिक विजेता सुदूरपश्चिम प्रदेश बिहीबार प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । उपाधि दाबेदार मानिएको नेपाल एपीएफ क्लबले प्रतियोगिताको पहिलो दिन सुदूरपश्चिमलाई ९ विकेटले हरायो ।