जेन-जी आन्दोलनको ठीक एक महिना पुगेको अवसरमा मृतकका परिवार तथा शुभेच्छुकहरुले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको गेटअगाडि बिहीबार साँझ मैनबत्ती बालेर मृतात्माको चीर शान्तिको कामना गरेका हुन् ।
काठमाडौँ — गत भदौ २३ को जेनजी आन्दोलन र २४ गतेको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुको सम्झनामा बिहीबार दीप प्रज्वलन गरिएको छ । आन्दोलनको ठीक एक महिना पुगेको अवसरमा मृतकका परिवार तथा शुभेच्छुकहरुले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको गेटअगाडि बिहीबार साँझ मैनबत्ती बालेर मृतात्माको चीर शान्तिको कामना गरेका हुन् । आन्दोलनका क्रममा युवा, प्रहरीलगायत गरी हालसम्म ७५ जनाको मृत्यु भइसकेको छ ।
![Lighting a lamp in memory of those who died in the Zen-ji movement [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/candlelightgenzvictim10092025j2a7504-copy-09102025032335-1000x0.jpg&w=1001&h=0)