२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

न्याभ कप जनवरी दोस्रो सातादेखि

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको भिक्टोरियामा लामो समयदेखि आयोजना हुँदै आएको क्रिकेट प्रतियोगिता ‘न्याभ कप’ यही जनवरीको १४ तारिखदेखि सुरु हुने भएको छ । झण्डै दुई महिनासम्म चल्ने सो प्रतियोगितालाई भिक्टोरिया राज्यमा नेपाली समुदायले गर्ने प्रतिष्ठित खेल प्रतियोगिता मानिन्छ । 

न्याभ कप जनवरी दोस्रो सातादेखि

नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले आयोजना गर्ने यस प्रतियोगितामा राज्यका बिभिन्न स्थानबाट १७ टीमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको तयारीबारे आइतबार दिइएको जानकारी अनुसार सम्पूर्ण खेल मार्चको १० तारिखमा समापन हुनेछ । बिभिन्न ४ समुहमा छुट्याएर कार्यक्रमको तालिका सार्वजनिक गरिएको छ ।

प्रतियोगिताका प्रायोजक म्याक्सिम्याक्सका प्रमुख शंकर धरेल तथा आयोजक संस्था न्याभका अध्यक्ष प्रेमराज उप्रेती सहितले प्रतियोगितामा सहभागी हुने चार समुहको नाम सार्वजनिक गरेका छन् । जसअन्तर्गत समुह 'ए' मा मावेन, नारे किङ्ग, ग्रेस गोरखाली, चितवन राइनोज र एक्सपर्ट सगरमाथा ब्लुज क्रिकेट क्लबले प्रतिष्पर्धा गर्नेछन् ।

त्यस्तै, समुह 'बी' मा डाँफे स्ट्राइकर्स, चितवन, एभरेष्ट लायन्स र गुल्मी टाइगर्स क्रिकेट क्लबले प्रतिष्पर्धा गर्नेछन् । समुह 'सी' र 'डी' मा क्रमश युनाईटेड वारियर, रोयल राईनोज, ट्राइकन र ब्राईटन एक्सप्रेस तथा काठमाडौं क्यापिटल्स, फार वेष्ट हन्टर्स, द हिमालयन र राईजिङ्ग सन क्रिकेट क्लब रहेका छन् ।

यसबर्ष समुह 'डी' मा परेको फार वेष्ट हन्टर्सले गतबर्षको उपाधि जितेको थियो । हरेक साताको विकेण्डमा मात्र आयोजना गरिने यस प्रतियोगिताको विजेताले ५ हजार अस्ट्रेलियन डलर तथा उपविजेताले १५ सय डलर नगद पुरस्कार पाउनेछन् ।

प्रकाशित : पुस २३, २०८० १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?