२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

भोलिदेखि देवदहमा खडगप्रसाद गौचन स्मृति यू-१९ क्रिकेट प्रतियोगिता हुने

सन्जु पौडेल

तिलोत्तमा — पूर्वक्रिकेटर शक्ति गौचनका स्वर्गीय बुबा खडगप्रसाद गौचनको स्मृतिमा पाँचौं यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । फागुन १ गतेदेखि देवदह क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी गौचनले जानकारी दिए ।

भोलिदेखि देवदहमा खडगप्रसाद गौचन स्मृति यू-१९ क्रिकेट प्रतियोगिता हुने

यस वर्ष रुपन्देहीको देवदह क्रिकेट युनिट, स्टार क्रिकेट एकेडेमी, काशी नोबेल एकेडेमी, सेन्टर क्रिकेट एकेडेमी कास्की, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, मदन भण्डारी स्पोर्ट्स एकेडेमी (प्रदेश टिम), न्यु होराइजन स्पोर्ट्स क्लब, धनगढी क्रिकेट एकेडेमीलाई दुई समूहमा राखेर ८ टिमबीच खेल हुनेछ । लिग आधारमा हुने खेलमा दुई समूहबीच ३–३ गरी कुल १५ खेल हुनेछ ।

प्रतियोगिताको लिग खेल २५ ओभरका हुनेछन् भने फाइनल खेल ४० ओभरको खेलाइने उनले बताए । जिल्लामा विभिन्न उमेर समूहलाई समेटेर एउटा खेलाडीले कम्तीमा १० वटा लिग खेल्न पाउने गरी आफूले प्रतियोगिता गरिरहेको उनले बताए ।

जुनियर क्रिकेट विकास हुने जिल्लाका रुपमा रुपन्देहीले पहिचान बनाएको भन्दै खेलको निरन्तरतामा लागेको उनले बताए । पाँचौं संस्करणमा प्रथम हुनेले ३० हजार रुपैयाँसहित सिल्ड पाउनेछ । सोमबार हुने उद्घाटन खेलमा देवदह क्रिकेट युनिट र काशी नोबल एकेडेमीबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रकाशित : माघ २९, २०७९ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?