कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

जनज्योति, ठेकराज र राधिका सेमिफाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौ — जनज्योति उच्चमावि, ठेकराज मावि र राधिका उच्चमावि सोमबार कोकाकोला कप अन्तरविद्यालयस्तरीय छात्रा राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जनज्योति समूह 'क' तथा ठेकराज र राधिका समूह 'ख' बाट अन्तिम चारमा पुगेका छन् ।
एन्फा टेक्निकल सेन्टर च्यासलमा भ्ाएको खेलमा रौतहटको जनज्योति उच्चमाविले कास्कीको गण्डकी आवासीय उच्चमाविलाई ११-१ ले हरायो ।  
अर्को धनगढीको ठेकराज माविले नवलपरासीको अरनिको उच्चमाविलाई २-१ ले हराएर अन्तिम चारको यात्रा तय गर्‍यो । अरनिकोको लगातार दुई हारका कारण मोरङको राधिका मावि एक खेलअगावै सेमिफाइनल पुग्यो ।
सुवास लिम्बूको चार गोल मदतले दशरथ रंगशालामा भएको कोकाकोला कप अन्तरविद्यालयस्तरीय छात्र राष्ट्रिय प्रतियोगितामा मोरङको भगवती उच्चमाविले धनगढीको ठेकराज माविलाई ५-१ ले पराजित गर्‍यो ।  
अर्को खेलमा काठमाडौंको सिद्धार्थ वनस्थली स्कुलले कास्कीकी सोसियल पब्लिक स्कुललाई २-१ ले हरायो । कास्कीको गण्डकी आवासीय उच्चमाविले सफलता हात पारेको छ । उसले  नितेन मेमोरियल स्कुल (निम्स) लाई ३-० ले पराजित गर्‍यो । 
 

प्रकाशित : श्रावण २५, २०६७ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालय सभा (सिनेट) बाट बजेट पास हुने तर प्रधानमन्त्रीको निर्देशन पश्चात् प्रस्तावित नीति तथा कार्यक्रम चाहिँ पेस हुन नसक्नुलाई के भन्नुहुन्छ ?

×