कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एपीएफ फाइनलमा

काठमाडौ — नेपाली क्रिकेटमा नयाँ नै रहेको नेपाल एपीएफ क्लबले मदन भण्डारी स्मृति ट्वान्टी-ट्वान्टी क्रिकेटमा उत्कृष्ट लय कायम राखेको छ । उसले मंगलबार समूह 'ए' मा लगातार तेस्रो जित हात पार्दै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ ।


एपीएफले समूह विजेता बन्ने क्रममा बालुवाटार क्लबमाथि ८ विकेटको जित हात पार्‍यो । पहिले ब्याटिङ गरेको बालुवाटारले एपीएफको कसिलो बलिङसामु खुुल्न सकेन । उसले
सातविकेट क्षतिमा ६९ रनको सामान्य स्कोर तयार गर्‍यो । बालुवाटारका सुमन उदयले २९ रनमा १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसले १२
अतिरिक्त रन प्राप्त गर्‍यो ।
बालुवाटारलाई सामान्य स्कोरमा रोक्न एपीएफका वसन्त रेग्मीले ४ ओभरमा दुई मेडन राख्दै दुई रन खर्चेर २ विकेट झारे । उनी 'म्यान अफ द म्याच' पनि बने । त्यस्तै, अमृत
भट्टराईले १९ रन खर्चंदै तीन तथा महबुव आलमले एक विकेट लिए ।
प्रत्युत्तरमा अधिकांश राष्ट्रिय टिमका सदस्य रहेको एपीएफले १२ ओभर ३ बलमा दुई विकेट गुमाउँदै जित हात पार्‍यो । उसका लागि अनुभवि परेश लोहनीले २८ बलमा चार चौका प्रहार
गर्दै २६ रन बनाए भने राष्ट्रिय टिमका कप्तान पारस खड्काले १४ बलमा दुई चौका र एक छक्का मद्दतले नटआउट २० रन जोडे । शरद भेषावकर पनि ९ रनमा अन्तिमसम्म क्रिजमा
रहे । बालुवाटारका रूपेश श्रीवास्तवले २ विकेट लिए ।
त्यस्तै, समूह 'बी' का खेलमा यंगाल कलेजले कान्तिपुर सिटी कलेजमाथि ९३ रनको जित दर्ता गर्‍यो । जितसँगै यंगालको दुई खेलमा एक जितसँगै दुई अंक भएको छ भने तीनवटै
खेल हारेको कान्तिपुर सिटी बाहिरिएएको छ । समूहमा दुई खेल जित्दै सुदूरपश्चिम टिम ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । एक खेलमात्र खेलेको रुद्रमती क्लब यंगालसँगै समान
दुई अंक भए पनि रनरेटको आधारमा दोस्रो स्थानमा छ ।
पहिले ब्याटिङ गरेको यंगालले सुवास प्रधानको ७९ रन मदतले ६ विकेट क्षतिमा १ सय ८७ रन बनायो । जवाफमा कान्तिपुर सिटी कलेज ७ विकेट गुमाउँदै ९४ रनमा रोकियो ।
उसलाई सस्तोमा रोक्न यंगालका राम प्रधानले दुई विकेट लिए भने तीन खेलाडी रनआउट बने । कान्तिपुर सिटीका सन्तोषकुमार साहले ३७ रन बनाउनुबाहेक अन्य ब्याटस्म्यानले
दोहोरो रन जोडेनन् । यसअघि यंगालमा सुवासले ४१ बलमा १२ चौका र एक छक्का प्रहार गरेका थिए ।

प्रकाशित : पुस १४, २०६७ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?