२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सुदूरपश्चिम फाइनलमा

काठमाडौ — सुदूरपश्चिम डेभलपमेन्ट क्रिकेट क्लब मदन भण्डारी स्मृति ट्वान्टी-ट्वान्टी क्रिकेटको फाइनलमा बिहीबार प्रवेश गरेको छ ।

उसले समूह चरणको अन्तिम खेलमा रुद्रमती क्लबलाई ५ विकेटले हराउँदै समूह 'बी' को उपविजेता रह्यो । उसले तीनै खेलमा जित निकाल्यो । अब उसले उपाधिका लागि शनिबार एपीएफ क्लबको सामना गर्नेछ ।  समूह 'ए' मा तीनबटै खेल जित्दै एपीएफ फाइनल पुगेको हो । अर्को खेलमा ब्वाइज युनाइटेडले न्यु भिजन क्लबलाई १ सय १४ रनले हरायो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुद्रमतीले ९ विकेट क्षतिमा १ सय १० रनको योगफल खडा गर्‍यो । उसका पविन्द्र राजभण्डारीले ३५ रन
जोडे । उनले ३८ बलको सामना गर्दै ५ चौका प्रहार गरेका थिए । सुरेन्द्र चन्दले १७ र विनेश भण्डारीले नटआउट १२ रन बनाए । बलिङमा सुदूरपश्चिमका सन्तोष भट्ट र नरेश बुढाऐरले ३-३ विकेट लिए । सन्तोषले ४ ओभरमा २३ रन खर्चिए भने नरेशले ४ ओभरमा मात्र १३ रन दिए ।
जवाफमा सुदूरपश्चिमले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर जित दर्ता गर्‍यो । उसका सन्तोष भट्टले नटआउट २६ रन बनाए । उनले २३ बलको सामना गर्दै ४ चौका प्रहार गरेका थिए ।
विनोद क्षेत्रीले नटआउट १६ रन बनाए । नरेश बुढाऐरले १० र प्रदीप ऐरीले १७ रन बटुले । बलिङमा रुद्रमतीका प्रमोद बस्नेत, तेजेन्द्र राजभण्डारी, सुदीप शर्मा, सुरेन्द्र चन्द र प्रेम तामाङले समान १-१ विकेट लिए ।
अर्को खेलमा ब्वाइज युनाइटेडले पहिले ब्याटिङ गर्दै ६ विकेट क्षतिमा १ सय ७२ रन बनायो । उसका अमित श्रेष्ठ र प्रसन्न शाक्यले विस्फोटक ब्याटिङ गरे । अमितले ३८ बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गरेका थिए । प्रसन्नले १८ बलको सामना गर्दै ६ छक्का र १ चौका प्रहार गरे । आकाश परियारले २७ रन बटुले । बलिङमा न्यु भिजनका लोकेश रेग्मी र रञ्जित भट्टराईले २-२ विकेट लिए । सिमोन थापाको नाममा १ विकेट रह्यो ।
प्रत्युत्तरमा न्यु भिजन १६ ओभर १ बलमा ५८ रनमै सीमित भयो । उसका सान्त तामाङले १० र रञ्जित भट्टराईले ११ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर जोड्न सकेनन् । बलिङमा ब्वाइज युनाइटेडका पर्वत अधिकारीले ४ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै १३ रन खर्चिएका थिए ।  
 

प्रकाशित : पुस १६, २०६७ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?