१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

गुरुकुलमा बगेका सपना

शारदा शर्मा

काठमाडौ — यस हप्ता गुरुकुलमा हेरेका दुईवटा नाटक- खस भाषाको नेपाली नाटक सुइना कणर्ाली -सपना कणर्ालीका) र मौन भाषाको स्पेनी नाटक आन्द्रे र डोरिनको कथाले मनलाई भित्रैदेखि चिमोटे ।

उत्तेजना, प्रेम र करुणामा डुबेर हृदयको ढुकढुकी बढ्यो, आँखा रसाए, पात्रको मनस्थितिमा मन विलय हुन खोज्यो, आफ्नो सग्लै उपस्थिति दुख्यो मलाई । यस्ता पीडाले भने ऊर्जा पैदा गर्छ मभित्र सधैं, यस्तै बखतमा लाग्ने गर्छ आफ्ना सम्पूर्ण चेतनासहित म जीवितै छु यस धरतीमा र मेरो यहाँ हुनुको अर्थ छ । गुरुकुलको रंगमञ्चमा धेरैपल्ट दुखेकी छु र आत्मबोध गरेकी छु मैले । प्राध्यापक अभि सुवेदी, कुलपति सुनील पोखरेल लगायत अनुप, नीशा, पुष्कर, सञ्जीव, दिलभूषण र त्यहाँका कैयौं सिर्जनाधर्मी रचनाकार कलाकारहरूको साधनाको बलले नै होला बारम्बार गइरहन मन लाग्ने पि्रय थलो बनेको छ गुरुकुल ।
केही वर्षअघि कृष्ण खनाल, नरहरि आचार्य र रामचन्द्र घिमिरेसँग कणर्ाली प्रदेशतिर पैदल हिँडिरहँदा थुप्रै सपना देखेकी थिएँ मैले पनि । जल, जमिन, जंगल र जडिबुटीको अथाह सम्पदालाई लक्ष्य गरेर बाटाभरि हामी सबैले कणर्ालीमा साकार हुन नसकेका सपनाकै कुरा गर्‍यौं । त्यहाँका कतिपय विस्मयकारी प्राकृतिक भूबनोट र दृश्य संसारमै दुर्लभ छन् भन्दै हिँडेका थियौँ । त्यहाँको असीमित सम्भावना र त्यहाँका मान्छेले भोगिरहेको दारुण, कष्टप्रद जिन्दगीका बीच न्यूनतम तालमेल पनि नदेख्ता मेरा मनमा उठेको पहिलो प्रश्न थियो- के यो थलो नेपाल राज्यभित्रै पर्छ, के नेपाल राज्य यो भूमिका मान्छेप्रति संवेदनशील
छ ? नेपालभित्र पैदल हिँडेका ठाउँहरूमध्ये यतिविधि विकट, अभावग्रस्त र उपेक्षित ठाउँ अर्को देखेकी थिइनँ मैले । छक्क परेकी थिएँ । त्यतिखेरै मधेस आन्दोलन उत्कर्षमा थियो, राजमार्ग बन्द थिए तर राज्यलाई आफ्ना कुरा सुनाउन वा आफ्ना माग पूरा गराउने बाध्यतामा पुर्‍याउन कणर्ालीका बासिन्दालाई छेक्न कुनै राजमार्ग थिएनन् । खस जातिले मुलुक सबै भ्याइसक्यो भनेर देशभर उठेका चर्का चर्चाहरू सुनेकी मलाई यहाँ बस्ने खस जातिको दुर्दशा देख्ता भने भ्रम भएको थियो । सोचिरहेथेँ- के यी तिनै खस हुन् जसमाथि मुलुकका सबै स्रोतसाधन हडप गरेको आरोप लागिरहेछ ? भोक, अज्ञानता र अनन्त दुःखले पीडित यो थलोका मान्छेलाई नेपालको नागरिक हुनु र नहुनुले नै के फरक पर्दो हो र ? हुन त कणर्ालीबाहिरकै नेपालमा पनि सामान्य जनको जीवन कष्टप्रद नै थियो, यतिखेर पनि छ तर कणर्ाली भने नेपालको मानचित्रबाटै अलग जस्तो अनुभव भएको थियो मलाई ।
मुगुको ताल्चामा चढेको जहाजबाट सुर्खेत उत्रँदा निकै सुरक्षित अनुभव गरेथेँ मैले आफूलाई त्यतिखेर । जुम्ला खलंगामा सिकिस्त बिरामी परेका बेला राति स्वास्थ्यकर्मी फेला नपर्दाको अत्यास सम्भ“mदा कहाली लागेको थियो । सुर्खेतमा टेक्दा लाग्यो- अब त जहाँ पनि पुग्न सक्छु उपचारनिम्ति, बाटाहरू खुला छन् र जताततै जोडिन्छन् । राति बत्तीमा काठमाडौं एयरपोर्टलाई माथि आकाशबाट हेर्दा अमेरिका, युरोप पुगेझैं लागेथ्यो, काठमाडौंको आफ्नो कम्पाउन्डमा छिर्दा चित खाएँ । कति राम्रो, ठूलो र सफा भएछ मेरो पुरानो घर ? एक साता मात्र त्यस अनकन्टार थलोमा पुगेर आउँदा म यस्तो अनुभव गर्दै थिएँ । सधैं त्यहीँ बस्नेहरूले बाहिरी संसारमा निस्कँदा कस्तो अनुभव गर्दा हुन् भन्ने सोचेर उदेक लागिरहेथ्यो । कणर्ालीबारे त्यतिखेरका मेरा केही अनुभूति कान्तिपुरमा छापिएका पनि थिए ।
त्यसैताक गुरुकुलमै हेरेको 'कणर्ाली दख्खिन बग्दो छ' भन्ने नाटकले भर्खरै टेकेर आएको कणर्ाली पुनः ब्युँतेको थियो मेरा मनमा । झुत्रामैला लुगामा लपेटिएर चिसो एयरपोर्ट कैयौं दिनदेखि जहाज कुर्दै धूलोमाथि सुतिरहेका सिकिस्त बिरामी आँखैले देखेकी थिएँ । सेतो चामलभन्दा गतिलो खानेकुरा केही हुन्न भन्ने कणर्ालीवासीको मानसिकता छामेर आएकी थिएँ । खेतमा नुनखुर्सानीसँग सुख्खा रोटी खाँदै गरेका भावशून्य दुब्ला सुत्केरी 'आइमाई मान्छे' रोपारहरू र तिनका सुकेका छाती चुसिरहेका ख्याउटे बालकहरू देखेर मन भाँचिएको थियो । तुइनमा झुन्डिएर स्कुल आवतजावत गर्दागर्दै कणर्ालीमा खसेर बगेका केटाकेटीहरूका कथा नयाँ थिएनन् मेरा लागि । हुम्ला जाने क्रममा, तीव्र वेगको विशाल कणर्ालीमाथि यस्तै तुइनमा कृष्ण खनाल र नरहरिजी झुन्डिएका फोटा हेर्दा झस्केकी
हुँ म । रिसाएकी थिएँ बाबासँग- त्यो मसिनो डोरी
चुँडिएको भए !
के हुन्थ्यो र ? बगिन्थ्यो खोलामा, नरहरिजी मलाई अझै रिस उठाउने मुडमा हुनुहुन्थ्यो ।
हिँड्ने आँट जुटाउन नसकेर म राराबाटै फर्कें, हुम्ला गइनँ तर एक हप्ता त्यतातिर बरालिँदा मैले देखेका र अनुभव गरेका कणर्ालीवासीका विपना त उग्र कष्टप्रद थिए नै, तिनका सपना पनि कणर्ालीका बलवान् लहरहरूले  बगाएझैं लागेको थियो मलाई ।
यतिखेर सुइना कणर्ालीको नाट्य समूहले जीवन्त नाटकका रूपमा कणर्ालीका अनगिन्ती सम्भावनालाई सपनाका रूपमा रंगमञ्चमा प्रस्तुत गरेको हेर्दा भने बडो आनन्दित भएँ, लाग्यो- कणर्ालीवासी सपना नदेख्ने मान्छे कहाँ हुन् र ? नेपालकै सबैभन्दा पछाडि परेको यो प्रदेशले आफ्ना प्राकृतिक सम्पदाको अधिकतम दोहन गरेर विश्वकै  सम्पन्न प्रदेश बनेको कल्पना गरिएको रहेछ नाटकमा । इमानदार, मेहनती, स्वप्नदर्शी, ऊर्जाशील नेतृत्वका कारण यस्तो सम्भव हुनसकेको देखाएर यतिखेरको नेपाललाई नेतृत्व गरिरहेकाहरूको पाखण्ड, भ्रष्ट, लोभ र दृष्टिशून्यतालाई तीखो व्यंग्य गरेको रहेछ नाटकले ।
सम्पन्न कणर्ालीको चकाचौंध सपनामा मग्न कणर्ालीका हजुरबा पुन्नलाल विश्वकर्माको निद्रा खुल्न थाल्दा स्तब्ध भएकी थिएँ  म । लागेको थियो- ती निदाइरहून्, तिनका सपना गद्गद् भएर हेरिरहूँ म, नसकियोस् यो सपना कहिल्यै तर नाटकमा बिहान भयो, हजुरबा आश्चर्य मान्दै उठे र शून्य आँखाले वरिपरिको पुरानै यथार्थ हेरेर अत्यन्त दुःखी भए । भोकै तिनका काखमा निदाएकी नातिनीले आँखा नखोलिकनै दुःखका गीत गाउन सुरु गर्दा मेरा मनमा सन्नाटा छायो । नाटक हेरेर बाहिर सडकमा निस्कँदा देखेँ- नेपाल राष्ट्रको राजधानी सहरको दुर्गति ज्युँकात्युँ छ । कालो धूवाँ निकाल्दै, खाल्टैखाल्टा भएका साँघुरा सडकमा ठेलमठेल गरी नियम मिच्दै सवारीसाधन गुडिरहेथे । सधैंझैं कुकुर र गाईहरू थिए बाटामा, पेटीहरूमा खुद्रा पसल थिए र मान्छे सडकमा हतार नगरी हिँडिरहेथे । असरल्ल थुपि्रएका फोहरका डंगुर र निर्माण सामग्री थिए ठाउँठाउँ । बाक्लै रात परिसक्ता पनि मैलाधैला बालकहरू फोहोर उधिनिरहेका देखिन्थे कतै । गौशाला चोकनिर सडक बीचमा एउटी नाङ्गी बहुलाही दुवै हात आकाशतिर फैलाएर मस्त हाँसिरहेकी थिई, तमासा हेरिरहेका थिए केही मान्छे ।
गोपीकृष्ण हलनिर आइपुग्दा बत्ती नभएको अँध्यारो सडकमा सवारीसाधनको भीडमा फलामका डन्डी लतार्दै बिस्तारै हिँडिरहेको एउटा ट्याक्टरबाट बच्न अकस्मात् मोडेको एउटा तन्नेरीको तीव्र नागबेली गतिको मोटरसाइकल हामी चढेको मोटरमा अघिल्तिरै ठोक्कियो, धन्न ब्रेकमा खुट्टा राख्न भ्याउनुभयो निरञ्जनजीले । गाडीको रेडियो खुलै थियो, खबर आइरहेथ्यो- विशेष अधिवेशन रोक्न माओवादी सहमत भयो, नियमित अधिवेशन बोलाइयो । म छक्क परिरहेथेँ- केका लागि बस्छन् यी अधिवेशन ? कसका लागि बस्छन् ? ती चाहे विशेष हुन् वा नियमित, तिनले के फरक पार्छ हाम्रो नियतिलाई ? हाम्रो जीवनसँग, हाम्रा सपनासँग तिनको के सरोकार छ ? जनता र जनताका समस्यासँग पूरै बेखबर बन्दै गएको राजनीतिसँग हामीले गर्न मिल्ने अपेक्षा नै के थियो र ?
ललल
कलाकारहरूले मुकुन्डो लगाएर खेलेको संवादहीन नाटक यति सम्प्रेषणीय हुन सक्छ भन्ने अन्दाज मलाई थिएन । मुकुन्डो भन्नु नै भावनालाई कत्ति स्थान नभएको आवरण भन्ने बुझेकी हुँ सधैं मैले । स्पेनका कलाकारहरूले देखाएको आन्द्रे र डोरिनको  नाटक प्रेम र करुणाले चुर्लुम्म भिजेको अन्तरङ्ग सम्बन्धको कथा रहेछ । सग्लै जीवन साथै बिताएर जीवनका अन्तिम वर्षहरूमा आफ्नी मायालु पत्नीलाई सबै कुरा बिर्सने रोग लाग्दा त्यस परिवारमा आइपरेको भयंकर मनोवैज्ञानिक त्रासदीको सुन्दर
अभिव्यक्ति हो यो नाटक ।
डोरिनको सपनामा मात्र होइन, विपनामै पूर्णबिराम लागेको छ । मस्तिष्कका कोषहरू विलय हुँदै जाँदा ती क्रमशः विस्मृतिमा डुबिरहेकी छन्, केही पनि थाहा पाउँदिनन् । आफ्ना सामान्य दैनन्दिनीहरूप्रति पनि बेखबर तिनका लागि निरन्तरको कुरुवा राख्नुपर्ने भएको छ । तीसँग मन दुख्ने सम्झनाहरू जोडिएका छन् परिवारका तर तिनको आफ्नो भविष्य समाप्त भएको छ र वर्तमानमा उनलाई बेहोर्न सम्हाल्न परिवारले भोगेको कठिनता कहालीलाग्दो
छ । तिनको कथा सुनेर करुणा जाग्छ, आँसु खस्छन्, मायाकी पात्र बनेकी छन् डोरिन तर तिनमाथि भर गर्ने अवस्था भने रहेन । नाटक हेर्दै गर्दा आफ्नै कतिपय निकट सम्बन्ध र चिनजान भएका परिवारमा विस्मृतिको सिकार भएका पि्रयजनले भोगिरहेको त्रासद अवस्थाको सम्झना गरेँ मैले त्यतिखेर र लाग्यो- आफ्ना नियन्त्रणमा नभएका कतिपय अवस्थामा हामी मान्छे कति असहाय हुने गर्छौं ?
नाटकमा डोरिनप्रति पति आन्द्रे र छोराको अनुपम माया अनुभव गरेर आँखा आँसुले भरिन्छन्, मनमा गाँठो पर्छ मृत्युपछि सपना वा विपना नहुनु स्वाभाविक होला तर हिँड्ने, डुल्ने शरीर लिएर चेतनाशून्य बन्नु भनेको शून्य बनेकाहरू भन्दा तिनलाई बेहोर्न चेतना अशून्यहरूका निम्ति मृत्युजस्तो अनुभव हुँदो हो । पत्नीको चेतनाशून्यताले पीडित आन्द्रेले भित्तामा टाँगेका तस्बिरहरूबाट तस्बिर हटाएर रित्ता प|mेम मात्र टाँसेको र त्यही रित्तो प|mेम डोरिनलाई देखाएर त्यहीँभित्र आफ्ना अनुहारहरू खोजेको, चिनेको र रमाएको दृश्यले अत्यधिक भावुक बनायो मलाई । मान्छेका लागि जीवनभरका सम्झनाहरूको अल्जाइमर त हो नि मृत्यु भनेको पनि । पत्नीको मायामा भावुक भएर तिनको चेतनाहीन प्रवाहमा आफूलाई बगाइदिएका छन् आन्द्रेले, उनको अचेतनालाई स्वीकार गर्दा आफ्नो चेतनालाई ठट्टा बनाइदिएका छन् । 
ललल
यी दुई नाटक हेरेपछि म बडो विचित्र अनुभव गरिरहेकी छु यतिखेर ।
कणर्ालीका पुन्नलाल विश्वकर्माका सपना नेपाल राष्ट्रको वर्तमानसँग सम्बन्धित छन् ती सपना देखिरहेछन् सम्पन्न कणर्ालीको । मान्छेका प्रयत्न र प्रतिबद्धताले पूरा हुने सपना हुन् यी । प्रजातन्त्र आउनुअघि र पछि पनि नेताहरूले नेपाली जनतालाई सम्पन्नताका यस्ता थुप्रै सपना देखाएका थिए । आन्दोलनताका सपना देखाएका थिए, चुनावताका पनि सपनै देखाएका थिए । बडो भरोसा थियो हामीलाई उनीहरूमाथि । तिनै सपनाका पछि लागेर कतिले ज्यान गुमाए, कति अंगभंग भए, कतिका जीवन अस्तव्यस्त छन् । विडम्बना के भयो भने लोकतन्त्र त आयो, चुनावहरू पनि भइरहेकै छन् तर नेपालीका सपना भने बेवारिसे बने, बनिरहेका छन् ।
यस्तो किन भयो भनेर हामी सधैं कुरा गर्छौं, चिन्ता गर्छौं, धेरै बहस छलफल पनि गर्छौं । यी नाटक हेरेपछि भने यतिखेर लागिरहेछ- मुलुकको जिम्मेवारी लिएर बसेका हाम्रो नेतृत्वलाई सायद अल्जाइमरले गाँजेको छ । रोगले विवश, आफूले जनतालाई देखाएका सपनाको सम्झना छैन तिनलाई पटक्कै, डोरिनले जस्तै तिनले रेटिरहेको गितारमा सुर, ताल केही बाँकी रहेन अब । उल्टो कोट लगाएका छन् तिनले, खुट्टामा पन्जा र हातमा मोजा लगाएका छन्, झोलाको टोपी लगाएका छन्, तिनलाई लागेको छ- यही सुल्टो हो, सही यही हो ।
तिनका भित्ताका प|mेममा कुनै तस्बिर छैनन् यतिखेर ।  ती सपना देख्तैनन्, त्यसैले तिनले पूरा गर्नुपर्ने सपना
पनि छैनन् ।
हामी भने कुन बाध्यताले हो अल्जाइमरग्रस्त राजनीतिक नेतृत्वको पोल्टामा आफ्ना सपनाको साँचो सुम्पेर तिनैका उल्टासुल्टा इसारामा अनौठो कालखण्ड बाँच्न अभिषप्त छौं । यो पीडाप्रद स्थिति अनुभव गर्दा दिवंगत मित्र शिव अधिकारीको गीत बजिरहेछ मेरा सम्झनामा-
सपना भुलाई सारा आँसु पिएर जाऊ,
मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ....
थाहा छैन, सपनाको रूपान्तरण छेकेर बसेका निश्चेष्ट तस्बिरहरूप्रतिको मोहदेखि हामी कहिले मुक्त हुन्छौं ?

प्रकाशित : पुस १७, २०६७ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?