२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

यंगाल र न्यु भिजन विजयी

काठमाडौ — यंगाल र न्यु भिजन क्लबले मदन भण्डारी स्मृति ट्वान्टी-ट्वान्टी क्रिकेटमा बुधबार जित हात पारेका छन् । यंगालले आफ्नो अन्तिम खेलमा रुद्रमती क्लबलाई ६४ रनले हराउँदै समूह 'बी' बाट फाइनलमा पुग्ने झीनो सम्भावनालाई जीवितै राख्यो ।

समूह 'ए' मा रहेको न्यु भिजनले बालुवाटार क्रिकेट क्लबमाथि ३ विकेटको जित निकाल्यो । त्यस समूहबाट शतप्रतिशत नतिजा निकाल्दै एपीएफ क्लब यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । समूहविजेता फाइनलमा भिड्नेछन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको यंगालले ४ विकेट क्षतिमा १ सय ८० रन बनाएको थियो । उसका प्रारम्भिक ब्याट्सम्यान सुवास प्रधानले उत्कृष्ट ब्याटिङ गर्दै ७७ रन जोडे । उनले पहिलो विकेटका लागि सुधीर महर्जनसँग ६० रनको साझेदारी गरेका थिए । सुवासले ५१ बलको सामना गर्दै ८ चौका र २ चौका प्रहार गरे । सुधीरले १६ रन जोडे । थुपटेन लामाले ४० र राजेश पुलामीले २० रन बटुले । बलिङमा रुद्रमतीका प्रमोद बस्नेतले २ विकेट लिए । प्रेम तामाङ र सुरेन्द्र चन्दको नाममा १-१ विकेट रह्यो ।
जवाफमा रुद्रमती १९ ओभर ५ बलमा १ सय १६ रनमै समेटियो । उसका प्रेम तामाङले सर्वाधिक ४३ रन जोडे । उनले ४५ बलको सामना गर्दै ६ चौका प्रहार गरे । गोकुल जोशीले १२ र विनोद खडकाले ११ जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोर बटुल्न सकेनन् । बलिङमा यंगालका उज्ज्वल थापाले ३ विकेट लिए ।
अर्को खेलमा न्यु भिजनविरुद्ध पहिले ब्याटिङ गरेको बालुवाटारले ३ विकेट क्षतिमा १ सय २० रन जोड्यो । उसका रविन जोशीले सर्वाधिक ४५ रन जोडे । उनले ४९ बलको सामना गर्दै ४ चौका प्रहार गरे । सुमन उदयले १८ र रिकेश लामाले १६ रन बटुले । बलिङमा न्यु भिजनका राम चौधरीले २ विकेट लिए । प्रत्युत्तरमा न्यु भिजनले १९ ओभर ४ बलमा ७ विकेट क्षतिमा जित दर्ता गर्‍यो । उसका दानबहादुर कार्कीले १९ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ३२ रन जोडे । सोभितध्वज चन्दले २३ र सिमोन थापाले २७ रन बनाए । बलिङमा बालुवाटारका विजय गौतमले २ विकेट लिए ।


प्रकाशित : पुस १५, २०६७ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?