१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

६ किलाे चरेससहित दार्चुलामा दुई जना पक्राउ

मनाेज बडु

दार्चुला — गोकुलेश्वरबाट ६ किलो चरेससहित दुई जनालाई प्रहरिले पक्राउ गरेको छ । सोमबार बिहान शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट ६ केजी १ सय ग्राम लागूऔषध चरेससहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

६ किलाे चरेससहित दार्चुलामा दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार चरेससहित पक्राउ पर्नेमा महाकाली नगरपालिका-४ का ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका-४ सिप्टीका ७० वर्षीय गौरसिंह ठगुन्ना रहेका छन् ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी गस्ती टोलीले दुवै जना पक्राउ परेका हुन् । प्रहरी टोलीले शंका लागि जाँच गर्दा दुवै जनाले बोकेको झोलामा प्लास्टिकभित्र लुकाइराखेको अवस्थामा चरेस बरामद गरिएको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २२, २०८० १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?