जाजरकोटमा पालमा बसेका थप एक भूकम्प पीडितको मृत्यु

सुर्खेत — जाजरकोटको कुशे गाउँपालिका-९ को मोताई गाउँमा पालमा बसेका एक जना भूकम्पपीडितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ वर्षका रामसिलम गिरी छन् । 

उनको बुधबार दिउँसो मृत्यु भएको वडाध्यक्ष शिवराज गिरीले बताए । उनका अनुसार मृतक गिरी दमका बिरामी थिए ।

एक्कासी दम बढेपछि उपचारका लागि जिल्ला अस्पताल खलंगा लैजाने तयारी गर्दै गर्दा उनको मृत्यु भएको स्थानीय शिवशंकर उपाध्यायले बताए ।

प्रकाशित : मंसिर ६, २०८० १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?