डढेलो बस्तीमा सल्किँदा आधा दर्जन घरगोठ जले

प्यूठान — जंगलमा लागेको डढेलो बस्तीमा सल्किँदा झिमरुक गाउँपालिकाका विभिन्न ठाउँमा आधा दर्जन घरगोठ जलेर नष्ट भएका छन् । 

डढेलो बस्तीमा सल्किँदा आधा दर्जन घरगोठ जले

डढेलो गाउँमा सल्किँदा झिमरुक गाउँपालिका-३ धनमुडामा तीन घरगोठ जलेर नष्ट भएका छन् । शुक्रबार दिउँसो स्थानीय जंगलमा लागेको आगो बस्तीमा पस्दा स्थानीय गिरु पौडेल, भीम पौडेल र बसन्त पौडेलको घरगोठ जलेर नष्ट भएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए ।

जंगलको आगो बस्तीमा पस्दा स्थानीय स्यामलाल पौडेलको गोठ जलेका छन्। यस्तै, झिमरुक गाउँपालिका-३ भेडाबारीका बाबुराम पोख्रेल, श्रीराम पोख्रेलको गोठ पनि जंगलमा लागेको आगोले नष्ट भएको उपाध्यक्ष पोख्रेलले बताए ।

स्थानीय नारीकोट जंगलबाट लागेको आगो अमिलाचौर, बेहोरेको जंगल हुँदै गाउँ पसेको थियो । आगलागिमा परी झिमरुक गाउँपालिका-३ भेडाबारीका मन बहादुर खत्रीको गोठ जलेर नष्ट भएको छ भने जंगलको आगो बस्तीमा पस्दा गोठ जलेको र गोठमा रहेको ३ वटा बोका मरेका छन् ।

प्रकाशित : वैशाख ७, २०८१ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?