२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

रुपन्देहीमा दुई फरार प्रतिवादी पक्राउ

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालतको फैसलाले कैद तथा जरिवाना सजाय तोकी फरार भएका प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले बताइन् ।

पक्राउ गरिएका दुवै जनालाई आइतबार जिल्ला अदालतमा कैद तथा भुक्तानका लागि पेस गरिएको उनले जानकारी दिइन् ।

डीएसपी खनालका अनुसार २०७९ चैत २६ गतेको फैसलाले सवारी अंगभंग मुद्दामा ३ वर्ष कैद र १० हजार जरिवाना फैसला भएको सियारी गाउँपालिका–४ का विक्री केवट पक्राउ परेका छन् ।

त्यस्तै २०६६ चैत १० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ६ महिना कैद २५ हजार ५ सय रुपैयाँ जरिवाना फैसला भएको सिद्धार्थनगर नगरपालिका–११ का अनिलकुमार यादव पक्राउ परेका हुन् ।

प्रकाशित : वैशाख २, २०८१ २२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?