१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

लुम्बिनीका कृषि तथा भुमि व्यवस्थामन्त्री अहिरले दिए राजीनामा 

बुटवल — लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् । उनी जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य हुन् । 

लुम्बिनीका कृषि तथा भुमि व्यवस्थामन्त्री अहिरले दिए राजीनामा 

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेपछि उनले बिहीबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

जसपाका ३ प्रदेश सभा सदस्यले नयाँ गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरिसकेका छन् ।

प्रकाशित : चैत्र २२, २०८० १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?