२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

उखरमाउलो गर्मी : गुलरियाका विद्यालय ५ दिन बन्द

कमल पन्थी

बर्दिया — अत्याधिक गर्मी र तातो लु चलेपछि बर्दिया गुलरियाका विद्यालयमा पाँच दिन पठनपाठन बन्द गरिएको छ । अत्यधिक गर्मीले विद्यार्थी बिरामी पर्न थालेपछि मंगलबारदेखि पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ ।

उखरमाउलो गर्मी : गुलरियाका विद्यालय ५ दिन बन्द

वर्षे र हिउँदे बिदा मिलान हुने गरी गुलरिया नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गरेको शिक्षा शाखा प्रमुख सतिश यादवले बताए । जिल्लाका अन्य पालिकाले यसअघि विद्यालय बन्द गराएका छन् ।

जिल्लाको तापक्रम ४२ डिग्री रहेको र तातो हावा चल्ने गरेको छ । विद्यालयमा अत्यधिक गर्मीले विद्यार्थी बिरामी पर्न थालेको ईकान्तिपुरमा समाचार प्रकाशित भएकै दिन शिक्षा शाखाले सोमबार निर्णय गरी विद्यालयको पठनपाठन बन्द गराएको हो ।

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, झोलिय पदार्थ बढी पिउन, प्रशस्त पानी पिउन चिकित्सकले सल्लाह दिएका छन् । जिल्ला अस्पताल, बर्दियामा गर्मीका कारण बिरामी खचाखच भरिन थालेका छन् । विशेषगरी बालबालिकादेखि वृद्धमा झाडापखाला, रिँगटा लाग्ने, ज्वरो लगायतका बिरामी आउने गरेको बर्दिया अस्पतालका निमित्त प्रमुख डाक्टर विशेश्वरप्रसाद साहले बताए ।

प्रकाशित : जेष्ठ ३०, २०८० १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?