१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

परासीमा अत्यधिक गर्मी, जनजीवन प्रभावित 

नवीन पौडेल

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीमा गर्मीका कारण जनजीवन प्रभावित भएको छ । तातो हावा र चर्को घामले घरबाहिर हिँडडुल गर्न समस्या भएको छ ।

परासीमा अत्यधिक गर्मी, जनजीवन प्रभावित 

गर्मीले सबैभन्दा बढी स्कुले बालबालिका, वृद्ध र दिनभरि काम गरेर खाने मजदुरहरूलाई प्रभावित पारेको छ । अत्यावश्यक कामबाहेक सर्वसाधारणबाहिर निस्किएका छैनन् । दिउँसो ११ बजेदेखि ५ बजेसम्म सडक प्रायः शून्य जस्तै देखिन्छ ।

परासी क्षेत्रको तापक्रम ४० देखि ४३ डिग्री तापक्रम मापन भएको छ । यो तापमान अहिलेसम्मकै उच्च रहेको र जनजीवन प्रभावित भएको सुनवलका यज्ञ पौडेलले बताए । तापक्रम बढेर पठनपाठनमा समस्या भएपछि जिल्लाको सुनवल नगरपालिकाले तीन दिनका लागि गर्मी बिदा दिएको छ भने अन्य पालिकाले पनि बिदा दिने तयारी गरेका छन् ।

दिउँसो कडा घाम रहेकाले सकभर घरबाहिर ननिस्कन र निस्कन परे पातलो प्रकारको लामबाहुले कपडा लगाउन तथा छाता ओढ्न चिकित्सकको सल्लाह छ । गर्मी बढेपछि चिसो र फलफूलको व्यापार भने बढेको छ । बजारमा चिसो पेय पदार्थसँगै, उखुको रस, खरबुजा र जुसको व्यापार भने ह्वात्तै बढेको छ ।

प्रकाशित : जेष्ठ १८, २०८० १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?