१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

भैरहवा क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी   

माधव ढुंगाना

भैरहवा — भैरहवा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको पुरै प्यानल विजयी भएको छ । उक्त संगठनले अन्य कुनै पनि विद्यार्थी संगठनसँग तालमेल नगरी निर्वाचनमा उत्रेको थियो ।

भैरहवा क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी   

अध्यक्षमा सागर न्यौपाने, सचिवमा शनि कलवार, कोषाध्यक्षमा मनोज पन्थ, सदस्यहरुमा आशिष पन्थ, स्वेताकुमारी हरिजन, राजन गुप्ता, शैलेष यादव, मनोजकुमार यादव, प्रेमशंकर यादव, सुमनकुमारी शुक्ला र मोहित चौधरी निर्वाचित भएका छन् ।

उक्त क्याम्पसको स्ववियुका लागि राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को संयुक्त प्यानल, नेविसंघ र लोकतान्त्रिक विद्यार्थी संगठनको संयुक्त प्यानललगायत विद्यार्थी संगठन चुनावी मैदानमा उत्रिएका थिए ।

प्रकाशित : चैत्र ९, २०७९ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?