१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

बाँकेमा फैलँदै दादुरा संक्रमण

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकामा मात्र देखिएको दादुरा संक्रमण छिमेकी गाउँपालिकामा पनि फैलिएको छ ।

बाँकेमा फैलँदै दादुरा संक्रमण

नेपालगन्ज उपमहानगरपालिकामा मात्रै देखिएको दादुरा अहिले नेपालगन्ज उपमहानगरपालिका साथै कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिकामा पनि देखिएको स्वास्थ्य कार्यालय, नेपालगन्जका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए।

नेपालगन्जमा हालसम्म एक सय ९१ जनामा दादुरा देखा परिसकेको छ। खजुरामा तीन जना, कोहलपुरमा दुई जना र नरैनापुरमा एक जनामा दादुरा देखिएको छ। दादुरा देखिएको ठाउँमा दादुराविरुद्धको खोप अभियान थालिएको छ। नेपालगन्जका १६ वटा वडामा खोप अभियान सञ्चालन गरिएको छ।खजुरा गाउँपालिकाका ८ वटै वडामा खोप अभियान थालिएको छ।

यसैबीच, नेपालगन्जका ३१०४२ र खजुराका ५९७४ जना बालबालिकालाई खोप लगाइएको श्रेष्ठले जानकारी दिए ।

पुस १२ गते जिल्लामा अहिलेसम्म २ सय ९ जनामा दादुरा देखिएकोमा १ सय ५० जना निको भएका छन् भने ५८ जना उपचारमा छन् । एक जनाको मृत्यु भएको छ ।

पुस २२ गतेदेखि भने अभियानकै रुपमा खोप लगाउने कार्यलाई निरन्तरता दिइएको छ । ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप लगाइँदैछ ।

प्रकाशित : माघ ४, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?