कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने सम्बन्धी विषयलाई कार्यसूचीमा राखिदिन भन्दै पत्र पठाएका छन् । सचिवालयले सोही अनुसार तयारी गरेको छ ।

मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

एमाले संसदीय दलका नेता अधिकारी माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भइ पुस २९ मा विश्वासको मत समेत लिएका थिए । संविधानको धारा १६८ को उपधारा २ अनुसार उनी मुख्यमन्त्री बनेका थिए ।

तर केन्द्रीय सत्ता समीकरण फेरिएसँगै गण्डकीमा पनि माओवादी केन्द्रले चैत १० मा सरकारलाई दिएको समर्थन फिर्तासहित मन्त्रीले राजीनामा दिएपछि अधिकारी सरकार अल्पमतमा परेको थियो । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले शनिबार लिन लागेका हुन् । अधिकारीले विश्वासको मत पाउने अवस्था भने छैन । प्रदेशसभा बैठकमा सम्बोधन लगत्तै उनले राजीनामा दिन सक्ने अनुमान गरिएको छ ।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका सबैभन्दा धेरै २७ सांसद छन् । एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र एक सांसद छन् । माओवादीबाट सभामुख चुनिइसकेका छन् । कांग्रेस र माओवादीबीच आलोपालो मुख्यमन्त्री हुने समझदारी भएकाले अधिकारी सरकारले विश्वासको मत नपाउने निश्चित छ । सरकार गठन गर्न ३१ सांसद आवश्यक पर्छ ।

प्रकाशित : वैशाख ९, २०८० १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?