१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

रामेछापको राकाथुममा जिप दुर्घटना हुँदा चालकको मृत्यु, ७ जना घाइते

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिकाको राकाथुममा जिप दुर्घटना १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ घाइते भएका छन् । खाँडादेवीको वडा नम्बर ७ को ताल्दुमबाट काठमाडौंतर्फ जाँदै गरेको बा १६ च ३२२५ नम्बरको जिप शनिबार अपराह्न दुर्घटना हुँदा जिप चालक कालुमान तामाङको घटनास्थलमानै मृत्यु भएको हो । दुर्घटनामा ७ जना घाइते भएका छन् । 

रामेछापको राकाथुममा जिप दुर्घटना हुँदा चालकको मृत्यु, ७ जना घाइते

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा परी घाइते भएका सबैलाई उपचारका लागि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल पठाइएको छ । घाइतेहरु खाँडादेवीका रुपसिं तामाङ, सुष्मा तामाङ, नेस्नल तामाङ, सविना तामाङ, क्वीन तामाङ, दिनेश श्रेष्ठ र जापानी नागरिक सातो काजुभि रहेका छन् ।

रुपसिं तामाङको अवस्था जटिल रहेको छ । ओरालो झरिरहेको उक्त जिप सडक नजिकैको भीरबाट करिब ३ सय मिटर तल खसेको थियो ।

प्रकाशित : चैत्र १८, २०७९ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?