२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

टीकाप्रसाद भट्ट

रामेछाप — १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि फरार रहेका रामेछापको सुनापति–२ दिमीपोखरीका चेतबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । 

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

शुक्रबार सुनापति–२ दिमीपोखरीको फलामेपोखरी सामुदायिक वनमा गएकी बालिकालाई सोही गाउँका २६ वर्षीय मगरले जबरजस्ती करणी गरी भागेको प्रहरीले बताएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरीले मगरको खोजी तीव्र पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीका अनुसार फरार रहेका मगरलाई खाँडादेवी–१ को खैरिनीघाट नजिकैबाट शनिबार पक्राउ गरिएको हो । अदालतको आदेशअनुसार मगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको पराजुलीले जनाएका छन् ।

प्रकाशित : माघ २९, २०७९ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?