सप्तरीमा युवकको हत्या

अवधेश झा

राजविराज — सप्तरीको तिलाठी कोइलडी गाउँपालिका-७ मंसापुरमा एक युवकको हत्या भएको छ । शुक्रबार बिहान मंसापुरमा हत्या गरिएको अवस्थामा हनुमाननगर कंकालिनी नगरपालिका-२० का २१ वर्षीय तीर्थनारायण मण्डलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका ड‍ीएसपी नरेशकुमार सिंहले जानकारी दिए । उनको शरीरमा चक्कु प्रहार गरिएको सिंहले बताए ।

सोही घटनास्थलमा हुनुमाननगर कंकालिनी नगरपालिका-११ का अजय मण्डल गम्भीर घाइते अवस्थामा फेला परेको डीएसपी सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको सिंहले बताए ।

प्रकाशित : श्रावण १२, २०८० १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?