१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४०९

मिर्चैयामा खानेपानी कार्यालयका सुरक्षा गार्डको हत्या

भरत जर्घामगर

सिरहा — सिरहाको मिर्चैयास्थित साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको हत्या भएको छ । मिर्चैया नगरपालिका–८ का किशोरी रायको हत्या भएको हो ।

मिर्चैयामा खानेपानी कार्यालयका सुरक्षा गार्डको हत्या

रातिको समयमा ड्युटी गरिरहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । कार्यालयका पदाधिकारी विशेष कामले सुनसरीको इटहरी जान गाडी लिन जाँदा सोमबार बिहान कार्यालय परिसरमा रगताम्मे अवस्थामा कुर्मीलाई देखेपछि संस्थाका सचिव डिकाराम पोखरेलले प्रहरीलाई जानकारी गराएका थिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुग्दा कुर्मीको मृत्यु भइसकेको थियो । उनी ८ महिनादेखि संस्थामा कार्यरत थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ११, २०८० ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?