१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

प्रेमिका हत्याको आरोपमा २२ वर्षीय युवक पक्राउ

श्यामसुन्दर शशि

जनकपुर — प्रेमिकाको हत्या आरोपमा २२ वर्षीय युवकलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार राति चितवनबाट पक्राउ गरेको छ ।

प्रेमिका हत्याको आरोपमा २२ वर्षीय युवक पक्राउ

धनुषाको मिथिला विहारी नगरपालिका–८ तारापट्टीकी ४२ वर्षीया उषा देवी दासको हत्यामा संलग्न रहेको आशंकामा बारा कलैया नगरपालिका-१८ घर भई तारापट्टीमै बस्ने ओमलाल मण्डल पक्राउ परेका हुन् ।

प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार सोही स्थानमा घर बनाउने मिस्त्रीको रुपमा काम गर्दै आएका मण्डल उषादेवीसँगको प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । तर उषादेवीले विवाह गर्न दबाब दिएपछि मण्डलले हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

प्रहरी उपरीक्षक खड्काका अनुसार मण्डलले जेठ २५ गते बिहीबार राति उषालाई उनकै घरमा घाँटी थिचेर हत्या गरेको खुल्न आएको छ । त्यसपछि शवलाई घरभन्दा २० मिटर दक्षिण–पश्चिमतर्फको पोखरी छेउमा गाडिदिएका थिए ।

घटनापछि फरार रहेका मण्डललाई प्रहरीले चितवनबाटबा पक्राउ गरेको हो । यसबीचमा उषादेवीको शव जंगली जनावरले निकालेको अवस्थामा आइतबार बेलुका स्थानीयवासीले देखेपछि प्रहरीलाई सूचना दिएका थिए ।

प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतम नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गर्दा मृतकको हातको ट्याटु र फुली देखेर मृतकको पहिचान गरिएको थियो । उषाका एक छोरा र एक बुहारी छन् ।

उषा घरमा एक्लै रहेको बेलामा त्यहाँ पुगेर मणडलले हत्या गरेको प्रहरीको रिपोर्टमा खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

१० वर्षअघि श्रीमानको मृत्यु भएपछि गाउँमै रक्सीभट्टी संचालन गर्दै आएकी उषा र तारापट्टीमै मिस्त्रीको काम गर्दै आएका ओमलालबीच डेढ वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ । तर पछिल्लो समय उषाले ओमलालाई विवाह गर्न जिद्दी गर्न थालेपछि आवेशमा आएर ओमलालले हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रकाशित : जेष्ठ ३०, २०८० १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?