गर्मी बढेपछि लहानका विद्यालयमा एक साता बिदा
सिरहा — गर्मी बढेपछि सिरहाको लहान नगरपालिकाले विद्यालयमा शुक्रबारदेखि एक साताका लागि बिदा दिएको छ ।नगरपालिकाले सूचना प्रकाशित गरी गर्मीको कारणले बालबालिकामा प्रतिकूल असर पर्ने भन्दै जेठ २६ सम्म एक साताको लागि विद्यालयमा बिदा दिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा प्रकाशित सूचनामा बर्खे बिदाबाट कट्टा हुने गरी नगर क्षेत्रका बालविकासदेखि १२ कक्षासम्म पढाइ हुँदै आएका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिएको उल्लेख छ ।
पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारण जनजीवन कष्टकर बन्दै गएको छ । बिहान सबेरैदेखि सुरु हुने गर्मी मध्याह्नसम्म ४१ डिग्रीसम्म तापक्रम पुग्ने गरेकाले दैनिक जनजीवन समेत प्रभावित भएको छ ।
प्रकाशित : जेष्ठ १९, २०८० ११:४०प्रतिक्रिया